कर्णाली प्रदेशमा चैत १६ गते सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक विदा दिएको छ । चैत्र शुक्ल नवमी राम नवमीको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।

गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना