नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने शिक्षा मन्त्री पौडेलको भनाई

सुर्खेत । नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले धारणा राखेका छन् । आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने धारणा राखेका हुन ।

  

मन्त्री पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानि विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् । नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरि विकासमा सेवा पुर्‍याउने गरी नास्टले काम गर्दै आएकामा मन्त्री पौडेलले प्रशंसा समेत गरेका छन् ।