प्यूठानको स्वर्गद्वारीमा जीप दुर्घटना, एक जनाको मृत्यु, १४ जना घाइते

प्यूठान ।प्यूठानको स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ । उक्त जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाउको छ ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।जीपमा १७ जना सवार थिए ।