सुर्खेत। आज बिहान युक्रेनी बन्दरगाह सहर ओडेसामा रहेको आवासीय भवनहरूमा रुसी मिसाइल आक्रमणमा दुई बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिल टिमोशेन्कोले दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको बताएका छन् । ओडेसा क्षेत्रीय सरकारका प्रवक्ता सेर्ही ब्राचुकले टेलिग्राम मेसेजिङ एपमा थप ३० जना घाइते भएको बताए।
ए.के. सञ्चार । १७ असार २०७९, शुक्रबार १४:३७