हेर्नुहोस् आजको राशिफल

सुर्खेत।कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने घरायसी वातावरणमा केही असामान्यता देखिन्छ भने यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सुखद् यात्राको योग रहेको छ भने राज्यबाट मान सम्मान पाइने तथा दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्ने भएकाले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने योग रहेको छ भने तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने धर्मकर्म तथा समाज सेवामा मन लाग्ने तथा श्रमको उचित मूल्याङ्कन हुने र प्रेम जीवन सबल र सफल रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुने योग रहेको छ भने परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग पनि प्राप्त हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज ठीक समयमा सही निर्णय लिन सकिने तथा आँटेको र ताकेको कार्य पुनुका साथै शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विद्यामा अरु भन्दा पछि परिने देखिने योग रहेको छ भने समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने सामाजिक कार्यमा सफलता मिल्ने तथा आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धार्मिक चिन्तन बढ्ने योग रहेको छ भन बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुने तथा सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक कार्य सफल रहने योग रहेको छ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नुका साथै विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।