सुर्खेतमा लागू औषध सहित पाँच जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर-५ मा लागू औषध (ब्राउन सुगर)  जस्तो देखिने धुलाे पदार्थ सहित पाँच जना पक्राउ परेका छन् । शुक्रबार साझ ४ बजेकाे समयमा वीरेन्द्रनगर-५ भेटनेरी लाईन स्थित खातखाेलीबाट ५ जना पक्राउ परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-५ का  ४० वर्षीय   सुमित्रा कामी, वीरेन्द्रनगर नगरपालिका-५ का  २३ वर्षीय रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका-८ का  २१ वर्षीय जिवन मर्साङ्गी मगर, वीरेन्द्रनगर नगरपालिका-७ का  २६ वर्षीय  ललित सिंजाली र वीरेन्द्रनगर नगरपालिका-३ का २५ बर्षीय उत्तम शाही रहेका छन् ।

प्रहरीका अनुसार सुमित्रा कामी र रमेश बि.क.को घरमा चेकजाँच गर्दा १०० मिलिग्राम शुद्ध ९८ मिलिग्राम ५६० मिलिग्राम  र  अन्य ब्यक्तिहरुको साथबाट ८८० मिलिग्राम शुद्ध ६६० मिलिग्राम लागू औषध (ब्राउनसुगर) जस्तो देखीने धुलो पदार्थ बरामद गरेकाे हाे ।

यस्तै सुमित्रा कामीको दराजबाट नगद ७४ हजार १९० रुपैयाँ र कामीकाे साथबाट ४ हजार रुपैयाँ गरि जम्मा ७८ हजार १९० रुपैयाँ बरामद गरेकाे छ । त्यसैगरी लागू औषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एउटा , लागू औषध (ब्राउनसुगर) २ लाख ५० हजार खरिद गरेको र बिक्रि बितरण गर्दा प्रचलित बजार मूल्य १० लाख, बिक्रि बितरण हुने ७ लाख ५० हजार फाईदा हुने लागु औषध बरामद गरेकाे छ ।

प्रकाउ हुनेहरूलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।