कालीकाेटमा घर भत्किदा घाइते ५ जनाकाे पहिचान खुल्याे

सुर्खेत । कालीकोट सदरमुकाम मान्ममा घर भत्किदा ५ जना घाइते भएका छन् । साँझ करिव साढे ५ बजे जिल्लाको खाँडाचक्र नगरपालिका १ का लक्ष्मी पाण्डेको घर भत्किएको हो ।

घर भत्किएर घाइते भएकाहरुकाे पहिचान खुलेकाे छ ।   खाँडाचक्र नगरपालिका-२ की ५० वर्षीया शिवकला दमाईलाई जुम्ला रिफर गरिएको छ ।  दमाईकाे दाहिने हात र छातीमा चाेट लागेको छ । यस्तै खाँडाचक्र नगरपालिका-२ की ६० वर्षीया मिनकुषा नेपालीकाे बायाँ हात र कानमा चाेट लागेकाे छ । यस्तै नहरिनाथ गाउँपालिका-१ का १८ वर्षीया महेन्द्र बिष्टको बायाँ खुट्टामा र आखामा चाेट लागेकाे छ । बिष्टलाई जुम्ला रिफर गरिएको छ । खाँडाचक्र नगरपालिका-६ की २२ वर्षीया गाैरीकला सहकारीलाई सामान्य चाेट लागेकाे छ भने खाँडाच्रक नगरपालिका-४ की २५ वर्षीया देवरुपा चाैलागाईलाई जिल्ला अस्पताल कालीकाेटबाट डिस्चार्ज गरीकाे  जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी निरीक्षक  शुवराज वम जानकारी दिएका छन् ।

घाइतेलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले उद्दार गरेका थिए । घर पुरानो र चक्रिएकाे कारणले भत्किएको निरीक्षक वमले बताए । फेस्र हाउसकाे गाेदाम भएको हुदाँ कुखुराकाे दाना लिन जादा घाइते भएकाे वमले जानकारी दिए ।