आज कर्णाली प्रदेशको बजेट संशोधनसहित पारित हुने

सुर्खेत । आज कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट पारित गरिने छ । असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित हुने भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधनसहित आज पारित गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले जानकारी दिएका छन् ।आज मुख्यमन्त्री कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका विषयगत वार्षिक कार्यक्रममाथि छलफल हुनेछ ।