सुर्खेतमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–३ को बुङ्गाडबाट जबरजस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्दाजी २४ वर्षीया युवकले किशोरीमाथी जवरजस्ती करणी गरेकोे आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्व्यवहारमा परेकी युवतीको उपचार भइरहेको छ । पक्राउ परेका युवकमाथी थप अनुसन्धान भइरहेको छ ।