जंगली च्याउ खाँदा सल्यानमा एकै घरका तीन जना बिरामी

 सल्यान । आइतबार साँझ जंगली च्याउ खाँदा सल्यानमा एकै घरका तीन जना बिरामी परेका छन् । सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।