सल्यानमा जंगली च्याउ खाँदा बिरामी परेकी बालिकाको मृत्यु

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये १ बालिकाको मृत्यु भएको छ । शारदा नगरपालिका(४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।

बिहीबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्तमा केशर ओलीको श्रीमती ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पबित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए ।

जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो ।बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।