आज देशभर थप ९३४ जनामा कोरोन संक्रमणको पुष्टि

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २ हजार ८६२ जनाको पीसीआर र २४८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टीजेनबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ४७० जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । यस्तै एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । संक्रमितमध्ये एक सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।त्यस्तै सतचालीस आईसीयूमा र तीन भेन्टिलेटरमा रहेर उपचाररत छन् ।देशमा ११ हजार ९ सय ७२ जनाको कोभिड१९का कारण निधन भइसकेको छ ।