आसन्न संसदीय निर्वाचनमा ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार बन्ने

जुम्ला ।ज्ञानेन्द्र शाहीले आसन्न संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने भएका छन् । भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चा कमाएका शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका थिए । शाहीले आगामी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

राप्रपाका प्रवक्तासमेत रहेको शाहीले सोमवार उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टीप्यालेजमा आयोजित कार्यक्रममा उनले आफू जुम्लाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने घोषणा गरेका छन् ।