ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन ।चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।