कपाललाई कालो, लामो बाक्लो र सिल्की बनाउँने घरेलु उपायहरु

सुर्खेत। कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् ।कपाललाई नारीको गहना पनि मानिन्छ । लामो, कालो,बाक्लो कपाल मन नपराउँने मानिस सायद विरलै होलान् ।

घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ । कपाललाई काला, लामो र बाक्लो बनाउँने तरिकाहरु तल दिइएको छ ।

१ प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुपर्छ । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुपर्छ । यसले कपाललाई बलियो बनाउँनुका साथै कपाल झर्नबाट पनि रोम्न मदत गर्छ ।

२ अण्डा कपालको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा त थाहा नै होला । लामो कपालको चाहना राख्नेहरुका लागि प्याज र अण्डाले बनेको हेयर प्याक निकै लाभकारी मानिन्छ । यो प्याकलाई बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउएर त्यसपछि यो प्याकलाई २०, ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पू लगाउनुपर्छ ।

३ कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ । प्याजको रससँग मह कपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।

४ तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ । प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउएर मज्जाले निचोरेपछि कपाललाई बेर्नुपर्छ ।