श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पर्सा । पर्साको वीरगंजमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवलाई २३ वर्षीया श्रीमती प्रतिमा कुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ। मृतक प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।