आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर 

  ।   २ भाद्र २०७९, बिहीबार ०७:३३

मुगु । जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो ।गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो ।  यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।

जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता सम्बन्धी माग गरिएपछि , मुगालीको स्वास्थय क्षेत्र लाई मनन गर्दे बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

अस्पतालमा लामो समय सम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला  रिफर गर्नुपर्ने अवस्था रहको थियो ।

अस्पताल लाई विशेषज्ञ डाक्टर पठाए पछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर लाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , ब्यवस्थापन ,  काम गर्ने बातावरण राम्रो सँग मिलाईने र अस्पतालमा हुने समस्या लाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भर्खरै आउनु भएका विशेषज्ञ डाक्टर शाक्य लाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा , आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाई छ ।

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट , सुत्केरी महिला , पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

Next Post

आगलागीबाट अफ्रिकी मुलुक अल्जेरियामा २६ जनाको मृत्यु

२ भाद्र २०७९, बिहीबार ०७:३३
अल्जेरिया। आगलागीबाट अफ्रिकी मुलुक अल्जेरियामा २६ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन्। ट्युनेसियाको सीमा नजिकै इल तरफमा बुधवार भएको आगलागीबाट २४ जनाको मृत्यु भएको आन्तरिक मामिला मन्त्री कमले बेल्डजोडले जानकारी दिएका छन् । विभिन्न स्थानमा आगो लाग्दा त्यहाँ भागदौडसमेत चलेको थियो। कति मानिसहरु घाइते भए भन्नेबारे […]