झाडापखालाबाट दाङमा एक बालिकाको मृत्यु, १७ जना बिरामी

दाङ ।झाडापखालाबाट दाङको सिमावर्ति क्षेत्रमा एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन् । बिरामी मध्ये ३ जना सिकिस्त छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार रहेको स्वास्थ्य चौकी राजपुरले जनाएको छ ।

त्यस क्षेत्रमा झाडापखला फैलिएपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली पुगेको छ । बिहिवार दिउँसोबाट झाडापखालाका बिरामी देखिएका थिए । बिरामीहरुको घरमै गएर उपचार सुरु गरिएको छ । राजपुर गाउँपाफिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षिय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छोरी ३ वर्षिया सपना परियार, ५३ वर्षिय सेषमति बुढाथोकी, २३ वर्षिय विमला राना, डेर वर्षिय (बालक) हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका अन्तर्गत राजपुर स्वास्थ्य चौकिले जानकारी दिएको छ । का प्रमुख रावतले जानकारी दिए ।

यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शोभा गिरि, ३७ वर्षिय सुनमालि कवर, ३३ वर्षिय पार्वती कवर, डेढ महिनाकि बालिका तुलसी घर्ती रहेका छन ।