पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग बन्द

कालीकोट ।  पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द हुने भएको छ । राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।

कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो । घट्टेखोलामा बनेको पक्की पुल बिहान ६ बजेदेखि बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले  सडक डिभिजन कार्यालयको अनुरोधमा नवनिर्मित पुलको जाँच गर्नुपर्ने अनुरोध आए पछि राजमार्ग बन्द गरिएको बताए ।
हो ।