सुर्खेतको भेरीगंगा नगरपालिकामा वेवारिसे शव फेला

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा वेवारिसे शव फेला परेको छ। भेरीगंगा नगरपालिका–९ जहरेमा मंगलबार बिहानको समयमा शव फेला परेको हो।अन्दाजी ६०–६५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जानकारी दिएको छ । हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन्।

उनले जहरेकै एक स्थानीयको घरमा सोमबार साझको खाना मागेर खाएको बाटो हिँडेका थिए। उनलाई स्थानीयले बाटो हिँड्ने (वटुवा) जस्तो देखिने र बोल्न पनि नसक्ने अवस्थामा देखिएका प्रहरीको भनाई रहेको छ।उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको टोली खटिएको छ ।