कालिकोटको तिलागुफामा पहिरोका कारण सडक अवरुद्ध 

सुर्खेत ।कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् ।

पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।