एकीकृत समाजवादीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रूपमा लिएका छन् –मेटमणि चौधरी

दाङ। एकीकृत समाजवादीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रूपमा लिएकाले जनतामा स्थापित भएको एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले बताएका छन् ।

आज एकीकृत समाजवादी दाङले घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले स्थानीय निर्वाचनबाट जनताले एकीकृत समाजवादीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेको दाबी गरेका छन् । त्यसकारण अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी रहेको जिकिर गरेका छन् ।

दुनियाँमा विद्रोह गर्नेहरू नै मूलधारको शक्ति भएको बताएका मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलिदै जानु अथवा शक्तिशाली बन्नु रहेको पनि बताए ।