वीरेन्द्रनगरमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा दुई समूहबीचको झडप हुँदा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा परि एक जनाको मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मङ्गलबार राति तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।