चन्दननाथका पाँच गाउँमा सप्ताहव्यापी सरसफाई

जुम्ला ।  चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएकाे छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे ।

अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरि सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको सबैभन्दा पहिलो लक्ष्य सरसफाई र स्वच्छ शहर, नगर बनाउने अभियfन रहेको बताए । शहर सफा भए सबै हिसाबले स्वस्थ्य र धनी हुने बताउँदै सानो बजेट भए पनि चन्दननाथले सरसफाईमा जोड दिने प्रतिबद्धता गरे ।

चन्दननाथ नगरपालिकाले साझेदार संस्थाहरू पेस नेपाल, एसएनभी नेपाल र मित्र समाजको सहयोग तथा साझेदारीमा नमूनाको रुपमा टोलटोलमा सरसफाई शिक्षा र घर भेटघाट गरेर एक साता सरसफाई अभियान सम्पन्न गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।