कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

यसपटक ननग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिएको छ। सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ।