विषालु च्याउ खाँदा दाङमा एकै घरका पाँच जना बिरामी

 दाङ । दाङमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । दाङको तुलसीपुरमा गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी बिरामी परेको प्रहरीले जनाएको छ ।च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।