सुर्खेतमा अवैध लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।