अविरल बर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत। निरन्तर परेको अविरल बर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन डोजर पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा सकस भउको छ । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।