धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

धनगढी। धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।स्वास्थ्य क्षेत्रको सुधार लगायतका विभिन्न माग राख्दै विगत ८ दिने देखि आमरण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जनाएका छन् ।डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका सदस्य प्रितम सुवेदीले सरकारसँग सोमबार पनि वार्ता हुने जानकारी दिएका छन् । । स्वास्थ्य मन्त्रालयको टिमसँग आज दिउँसो १ बजेदेखि वार्ता सुरू हुने छ