पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका सडक स्तराेन्नति सुरू

 जाजरकाेट। जाजरकाेटका पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका मुख्य तीन वटा सडकको स्तराेन्नति सुरु भएको छ । भेरी करिडोरअन्तरर्गत छिन्चु-जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी-रारा सडक निर्माण र सतराेउन्नति सुरू भएकाे हाे ।

जाजरकोट हुँदै जुम्ला जोड्ने सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन पनि सुरू भएकाे छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्रकाे ८३ किलोमिटर सडकमा समेत काम सुरू भएकाे छ ।  सिंह एण्ड ब्रदर्स कम्पनीका विश्वास उप्रेतीका अनुसार ब्रदर्सले लिएको ठेक्कामध्ये जाजरकोट-कुदु देखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालाेपत्रे सम्पन्न भइसकेको छ । यस्तै, स्याउलीदेखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पनि कालाेपत्रे भइरहेकाे छ । कार्कीगाउँ-थलह २० किलोमिटरमा पनि काम सुरु भएकाे छ ।

थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालाेपत्र पूरा भएको छ । चालु आर्थिक वर्षभित्रै मध्यपहाडी लोकमार्गअन्तरर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य सरकारकाे छ ।

भेरी करिडोरकाे जाजरकोट-डोल्पा सडक खण्डको ११८ किलोमिटरमध्ये पासागाड-रिम्ना ( १७ किलोमिटर) खण्ड यति बिल्डर्स प्रालि सातदोबाटो ललितपुरले तीन वर्ष देखि सतराेउन्नती र कालाेपत्रे गरिरहेका छ । रिम्ना–तल्लु सम्माको ४० किलोमिटर सडक ३६ महिनाभित्र निर्माण पूरा गर्नेगरी भदौबाट स्तराेन्तति सुरु भएको छ । एक अर्बको ठेक्कामा उक्त काम श्रेष्ठ कन्सट्रक्सनले लिएकोमा  श्रेष्ठबाट यति बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको गोरखबहादुर केसीले जानकारी दिए ।

यो सडक समेत यही आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दावी छ । भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिब्रिज निर्माण पूरा भएर सवारी साधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश बस्यालले जानकारी दिए ।

डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ । यस्तै, जाजरकोट र रुकुम पश्चिमको बीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले जानकारी दिए । जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै लुम्विनी –रारा सडक खण्डको काम समेत जारी रहेको छ ।