दशैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका काठमाडौं पठाइयो

सुर्खेत । नेपालीहरुको महानपर्व बडादशैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका काठमाडौं पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौं पठाइएको हो ।

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौंमा पठाएको ‘पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो ।