जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 जुम्ला । जुम्लामा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश विष्णुप्रसाद गौतम नियुक्त भएका छन् । उनलाई प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा हुने सम्भावना भएकाले सुरक्षामा विशेष ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सुझावसमेत दिए ।