नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पक्राउ

  ।   २० आश्विन २०७९, बिहीबार १२:००

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । नाबालिग बलात्कारको आरोप लागेका उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

केही समय अघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जानकारी दिएका । उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

Next Post

सिट वाँडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी

२० आश्विन २०७९, बिहीबार १२:००
काठमाडौं।  नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन । औपचारिक रुपमा नै जसपा नेपालले […]