कर्णाली प्रदेशका विभिन्न पहाडी र हिमाली जिल्लाहरु जोड्ने राजमार्ग अवरुद्ध

सुर्खेत।  केही दिनदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न पहाडी र हिमाली जिल्लाहरु जोड्ने राजमार्ग अवरुद्ध भएका छन् । पहिरो खस्दा सुर्खेत–कोहलपुर जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको छिन्चु–सुब्बाकुना खण्डको पैसठ्ठीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पहिरो हटाउने प्रयास गरिएपनि पानी परिरहेकाले कठिनाइ भएको छ । यता, छिन्चु–जाजरकोट खण्डको जाजरकोटको शिवालय गाउँपालिका क्षेत्र, सुर्खेत खण्डको पोखरे र जुम्ली भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । त्यस्तै कर्णाली राजमार्गको पाल्तडा र सुर्खेत–दैलेख सडक खण्डको घोडाबासमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जाजरकोट–डोल्पा, दाङ–सल्यान लोकमार्ग पनि अवरुद्ध रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।