२०८२ असार ३० , सोमबार

वीरेन्द्रनगरको तल्लो भेगका केही बजार क्षेत्र डुवानमा




सुर्खेत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भेगका केही बजार क्षेत्र डुवानमा परेका छन्। वीरेन्द्रनगरमा रत्न राजमार्गदेखि तल्लो क्षेत्रका धेरै स्थान डुवानमा समेत परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनर नगरपालिका–९ र १० नम्बर वडाको बीच सिमनामा पर्ने बर्डिगाडदेखि वीरेन्द्रनगरको पानी निकास हुने ठाउँमा डुवान पर्दै गएको छ । स्थानीयलाई उद्धार गरे सुरक्षित ठाउँमा राख्नका लागि सशस्त्र प्रहरी वल लगायतको टोली आलोपालो गरेर खटिरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रबार