पहिरोले घर एकै परिवारका जना ६ जना बेपत्ता

प्युठान । निरन्तर परेको बषाका कारण खसेको पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

पहिरोमा बमबहादुरसहित उनबी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएका हुन । पहिरो गएको ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ ।सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खटिएको छ ।