पश्चिम दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता

दैलेख ।दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना वेपत्ता भएका हुन । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई वेपत्ता भएका हुन् । उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खोलाले बगाई बेपत्ता भएको भनि स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । अहिले प्रहरी सहित स्थानीयहरुको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।