हुम्लाको चंखेलीमा पहिरोले घर पुरिँदा ४ जना मृत्यु

हुम्ला।  निरन्तर परेको अविरल बर्षाका कारण गएको पहिरोले घर पुरिँदा हुम्लाको चंखेली गाउँपालिका–६ मा ४ जना मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।

घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।स्थानीय शाहीका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।