सुर्खेत। १९ गतेदेखि सुरू भएको लगातार वर्षाले कर्णालीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। पछिल्लो एक सातामा वर्षाका कारण आएको पहिरो तथा विभिन्न प्रकृतिका विपदमा परि प्रदेशभर ३३ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका छन्। वर्षाका कारण घरमा क्षति पुगेर ४८० जना विस्थापित भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जुम्लामा मात्र विपदबाट ९ जनाको मृत्यु भएको छ। यस्तै सुर्खेतमा १, जाजरकोटमा ३, सल्यानमा २, कालीकोटमा ४, मुगुमा ८, हुम्लामा ४ र डोल्पामा २ जनाको मृत्यु भएको छ।
विपदमा परि बेपत्ता भएकामध्ये दैलेखमा १, जुम्लामा २, कालीकोटमा १९ जना छन्।जाजरकोटमा १, रूकुम पश्चिममा १, जुम्लामा २, कालीकोटमा ७, मुगुमा ५, हुम्लामा ५ जना विपदबाट घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ८ जना, दैलेखमा १०३ जना, जाजरकोटमा २, रुकुम पश्चिममा २, सल्यानमा ९, जुम्लामा ८६, कालीकोटमा ४८, मुगुमा १७८, हुम्लामा ४० र डोल्पमा ४ जना बर्षाका कारण घरमा क्षति पुगेपछि विस्थापित भएका छन्।
ए.के. सञ्चार । २५ आश्विन २०७९, मंगलवार १४:२४