आज सन्दीपलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदै

काठमाडौं ।आज क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

असोज २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।