कालीकोटमा महेन्द्रबहादुर शाहीले लिए अग्रता

सुर्खेत । कालीकोटमा प्रतिनिधि सभामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । १० हजार २८ मतगणना हुँदा शाहीले एमालेमा उम्मेदवार नगेन्द्रबहादुर शाहीभन्दा ४१९ मतले अग्रता लिएका हुन् ।

यसभन्दा अघि अग्रता लिएका एमाले उम्मेदवार नगेन्द्रले अहिले महेन्द्रबहादुरलाई पछ्याई रहेका छन् । नेकपा एमालेका उम्मेदवार नगेन्द्रले ३ हजार ९८७ मत ल्याउँदा महेन्द्रले ४ हजार ४०६ मत ल्याएकाे जिल्ला मुख्य निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढा २६७, नेमकिपाका खड्गराज शाहीले ७५९, नेपाली कांग्रेस विपीका पंखबहादुर विष्ट १५, स्वतन्त्रका काशीचन्द्र बरालले १०३ र स्वतन्त्रका धनप्रसाद पाण्डेले ९ मत ल्याएकाे मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।

१० हजार २८ मत गणना गर्दा ४८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कालीकोटमा ८० हजार ७३३ मतदाता मध्ये ४६ हजार ६६९ मत खसेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।