सुर्खेत । नेपाली कांग्रेसका उपसभापति तथा पाँच दलीय गठबन्धनका संयोजक पुर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धुर्वकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा खड्काले बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।
उपसभापति खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री दुईपटक, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको थिए ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् ।
ए.के. सञ्चार । ८ मंसिर २०७९, बिहीबार २१:३६