नेतृत्व विकास तालिम सम्पन्न

सुर्खेत । तथ्यमा आधारीत जलवायु पैरवी र नेतृत्व विकास सम्बन्धी तिन दिने तालिम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भिएसओ र विभिन्न साझेदार संस्थाको आयोजनामा बिहिवार देखि सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो ।

युवाहरुलाई कर्णाली प्रदेशका जलवायुका सवालहरुमा पैरवी गर्न प्रेरित गर्ने र‌‌ खाद्य अधिकारका सम्बन्धमा जानकारी गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको भिएसओका प्रयास परियोजनाका प्रबन्धक हंशराज जोशीले बताए ।

जोशीले कर्णालीमा जलवायु जन्य बिभिन्न किसिमको बिपत आइरहने भएकाले कर्णाली प्रदेशमा बहुआयामिक किसिमहरुको जोखिम, बहिष्करर्ण र सवालहरुका बिषयलाई तालिममा छलफल गरेको जानकारी दिए । उनले भने यी सवालहरु सबैको चासाेको बिषय हुनु पर्नेमा जोड दिए ।

बिभिन्न संघ सस्था र राजनितिक दलहरुको चासोको बिषय भएपनि युवाहरुको चासाेकोे बिषय बन्यो भने कर्णाली प्रदेशका युवाहरुलाई यहाँको विपत, जलवायुका कारण मानिसहरुमा पर्ने असर र यसले भावि सन्ततिलाई पार्ने असरहरुको नेतृत्व विकास गराउन सक्यौं भने यस्ता क्षतिहरु कम गर्न सकिने जोशीले बताए ।

तालिममा सहभागिहरुलाई जलवायु वकालत र डाटा नेतृत्व कसरी गर्ने, यसको प्रक्रिया, सामाजिक समस्या र सवाललाई कसरी पहिचान गर्न सकिन्छ, यसको समाधान कसरी गर्न सकिन्छ जस्ता सवालमा रहेर प्रशिक्षण दिइएको थियो ।

सो तालिम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको थियो । उक्त तालिममा सुर्खेतमा रहेका बिभिन्न संघ सस्थामा आबद्ध युवाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले तिन दिनको तालिममा सिकाई निकै सान्दर्भिक र राम्रो लागेको बताए ।

तालिमको सहजीकरण हंशराज जोशी, शंकर शर्मा, सन्ताेष थापा, सन्जय पन्थी, नवराज बस्नेत, नरेश शर्मा अवस्थी, रिता नेपाली, सरु विसी, निरज बाबु भट्टले गरेका थिए ।