दैलेखको आठबीसमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

सुर्खेत । दैलेखको आठबीस नगरपालिका–४ मा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। आइतबार बिहान आठबीस नगरपालिका–४ जाक्सी स्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राकम बजारबाट जाक्सीतर्फ जादै गरेको २१ वर्षीय गजेन्द्र बडुवालले चलाएको सु. प. प्र. ०१००१० प २५९७ र विपरित दिशाबाट आउदै गरेको १९ बर्षीया कमल बडुवालले चलाएको भे ६ प ४२५० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको हो।

मोटरसाइकल एक आपसमा ठोक्किँदा गजेन्द्र बडुवालको दाहिने हातमा चोट लागेको छ भने कमल बडुवलाको दाया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई रहेको छ। घाइते दुबैजनाको स्थानिय कामना मेडिकलमा उपचार भइरहेको छ।