महावै गाउँपालिकालाई औषधि र उपकरण सहयाेग

कालिकोट । महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण सहयाेग गरेकाे छ ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणकाे माग गरेपछि मन्त्रालयले माग गरिएका सामाग्री गाउँपालिकालाई सहयोग गरेको हाे । मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमाेलाईजर मेसिन र आवश्यक औषधि सहयाेग गरेकाे छ ।

महावैले ओदा फाउन्डेसन अस्पतालबाट १५ शैयाकाे सेवा दिइरहेका अध्यक्ष खेमबहादुर सिंहले बताए । गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा साे समाग्रि सहितकाे माग गरेकाे बताए ।