मुख्यमन्त्रीको माग गर्दै एमाले कर्णालीका नेता बालकोटमा

सुर्खेत । कर्णालीमा मुख्यमन्त्री पाउनु पर्ने माग गर्दै कर्णालीका नेता बालकोटमा पुगेका छन् । बिहिवार नेकपा एमालेका नेताहरु मुख्यमन्त्रीको माग गर्दै बालकोटमा पुगेका हुन् ।

प्रदेशको मुख्यमन्त्री यमलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

कर्णालीका नेताले सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले पाउँनु पर्ने माग गरेका छन् ।