विपद् प्रतिकार्यका लागि ड्रोन

सुर्खेत । प्राकृतिक प्रकोले निम्तने विभिन्न किसिमका विपद्पूर्वको तयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र ड्रोनको प्रयोग सम्बन्धी तालिम वीरेन्द्र नगरमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा विकास साझेदार संस्थाहरुको प्राविधिक सहयोगमा शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना मार्फत तालिमको आयोजना भएाको हो । उक्त तालिम प्राकृतिक प्रकोपका कारण निम्तने विपद्बाट जोगिन तथा विपद्पछिको खोज, उद्दार, राहतमा हवाई यन्त्र ड्रोनलाई प्रयोग गर्ने तरिकाका बारेमा सहभागीहरुलाई तालिम दिइएको छ ।

तलिममा विभिन्न मन्त्रालयका विपद शाखा प्रमुुख, सुरक्षा निकायाका अधिकारी, आपतकालिन कार्यसञ्चालन केन्द्रका अधिकारी, नागरिक उड्यान प्राविधिकरण,जल तथा मौसम विज्ञान कार्यलय, भूकम्प मापन केन्द्र, नापी कार्यलय र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।

कर्णालीका दश वटै जिल्ला विपदको उच्च जोखीमा रहेको उल्लेख गर्दै विपद् न्यूनिकरणमा प्रविधिको प्रयोग आवश्यक रहेको सुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद बताए । “विपद्को प्रतिकार्यका लागि प्रविधिको प्रयोग अति आवश्यक छ ।” उनले भने, ‘हवाई यन्त्रको प्रयोग मार्फत विपद्को समयमा उद्धार छिटो छरितो हुने भएकाले प्रविधिको प्रयोग आवश्यक छ ।’ तालिममा १५ जनाको सहभागिता रहेको थियो ।