सुर्खेत महिला जेसीजको अध्यक्षमा भण्डारी चयन

सुर्खेत । सुर्खेत महिला जेसीसको अध्यक्षमा सिता भण्डारी चयन भएकी छन् । शनिबार भएको १२ औं बार्षिक साधारण सभामा भण्डारी सर्वसम्मत चयन भएकी हुन् ।


जसमा कार्यकारिणी उपाध्यक्षमा मनु सुनार र सोना थापा चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमा आचार्य, पशुपति बुढा, सृजना गुरूङ र लक्ष्मी मानन्धर चयन भएका हुन् ।

उक्त सभामा सुर्खेत महिला जेसीसका संस्थापक अध्यक्ष जेसी सिमा चन्द एवम् पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।