सत्तामा सहभागिमा हुने,नहुने अधिकार एमालेका नेता कँडेलको जिम्मा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको बैठक सम्पन भएको छ । मङ्गलबार (आज) बसेकोे बैठकले सरकारमा सहभागि हुने, नहुने भन्ने बिषयमा दलका नेता यामलाल कँडेललाई दिएको छ ।

यस्तै, सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई कँडेललाई दिएको हो ।

कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश उप–सचिव टेकराज पछाईले लामो समय चलेको बैठकले उक्त अधिकार दलका नेता कँडेललाई हस्तान्तरण गरेको बताए ।