कर्णालीमा एक मन्त्रालय घटाइने

सुर्खेत । कर्णालीमा प्रदेश सरकार गठन र सञ्चालनमा सहमति भएको छ । नेकपा एमाले र माओवादी केन्द्र र एमाले विच सहमति भएको हो । प्रदेश सरकारको नेतृत्व आलोपालो को पहिलो चरणमा नेकपा (माओवादी केन्द्र) र दोस्रो चरणमा नेकपा एमालेले गर्ने सहमति भएको छ ।

यस्तै, हाल प्रदेशमा रहेका मन्त्रालयको संख्या मुख्यमन्त्री सहित आठ रहेकोमा घटाएर सात कायम गरिने दुबै पार्टी बिच सहमति भएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्का कार्यालय सहित चार मन्त्रालय माओवादी केन्द्र र ३ मन्त्रालय एमालेलाई दिने सहमति भएको छ । यस्तै बाकी रहेका निर्णयहरु अर्को वैठकबाट निर्णय गरिने छ ।